लोड हुँदैछ...

मेनु

विराटनगरबाट हराएका तीन बालबालिका तिन महिनापछि भारतमा भेटिए

विराटनगरबाट हराएका तीन बालबालिका तिन महिनापछि भारतमा भेटिए

विराटनगर । विराटनगर महानगरपालिकाबाट हराएका तीन जना बालबालिका भेटिएका छन्। तीन महिनापछि बालबालिका भारतमा भेटिएका शुन ।

महानगरपालिका वडा १८ र १९ बाट भदौ १० र २८ गते हराएका तीन बालबालिका भारतको कटिहार र पूर्णिया जिल्लामा फेला परेका हुन्।

५ वर्षीया बालक, ११ वर्षीया बालिका, १४ वर्षका बालकलाई उद्धार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र (सिपिसिएस) का सुमन अधिकारीले जानकारी दिए।

उनका अनुसार उद्धार गरीएका दुई बालिकालाई परिवारलाई जिम्मा लगाइएको छ ।

१४ वर्षीया बालकको परिवार फेला नपरेकाले तिन बालकलाई सिपिसिएस बेलबारीमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।