विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो ।
प्र .१– ४– ००१ च १०८३ नम्बरको पिक अप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको सोना मंसुली लेखिएको १०० बोरा चामल, २ हजार ५ सय केजी अन्दाजी बजार मुल्य १ लाख १७ हजार ५ सयको चामल र ढुवानी गर्न प्रयोग भएको सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
प्रहरीले रंगेली नगरपालिका २ का बर्ष २८ का दिनेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईयो मोरङ प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।