लोड हुँदैछ...

मेनु

इलाम अस्पतालको क्वार्टरमा आगलागी

इलाम अस्पतालको क्वार्टरमा आगलागी

विराटनगर । मंगलवार दिउसो इलाम अस्पतालको क्वार्टरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वार्टरसँगै जोडिएको भान्साघरमा मंगलवार आगलागी भएको हो ।

त्यहाँ पाँच परिवार बस्दै आएको इलामका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० इन्द्रदेव यादवले जानकारी दिए । करिब दिउँसो २ बजेतिर लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा एकजना प्रहरी घाइते भएका छन् ।

अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको उनले बताए ।आगलागिको कारण समेत खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।