लोड हुँदैछ...

मेनु

तीन जना पहिचानवादी खोटाङको हलेंसीबाट पक्राउ

तीन जना पहिचानवादी खोटाङको हलेंसीबाट पक्राउ

विराटनगर । एमालेको संकल्प यात्रालाई अवरोध गर्न आव्हान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेश राईको नाम खुलेको भएपनि अन्यको नाम खुलेको छैन ।

खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको पुष्टि गरे । यस्तै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले आफूहरुले एमालेको अभियानलाई शान्तिपूर्ण ढंगले अवरोध गर्ने बताए । ‘अवरोध गर्ने हो, बाटो बन्द गर्ने हो शान्तिपूर्ण ढंगले अवरोध हुन्छ,’ उनले भने । थेगिमले पनि आफ्ना कार्यकर्ता खोटाङको हलेंसीबाट पक्राउ परेको जानकारी दिए ।

उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताए । उनले जिल्लामा सुरक्षा अवस्था मजबुद रहेको जानकारी दिए । मंसिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपछाडी संकल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मिबाट प्रवेश गर्दैछ । यात्रालाई एमाले अध्यक्ष केपी ओलीले नै नेतृत्व गरेका छन् ।
पहिचानवादीहरुले भने कोशी नामकरणको पक्षमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसद र एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई पूर्वी पहाडी जिल्ला प्रवेशमा अवरोध गर्ने भन्दै बन्द आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।