विराटनगर । यूएईमा जारी यू–१९ एसिया कपमा नेपालले व्यहोरेको छ । आइतवार भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।
जम्सिद जड्रानको शतकमा एसीसी अफगानिस्तानले जितका लागि दिएको २ सय ६२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ७३ रनले पराजित भएको हो।
लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै जीवित छ।
नेपाल ४०.१ ओभरमा अलआउट भएको छ ।
नेपाल अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विपिन रावल ०, दीपक बोहरा १५, उत्तम मगर ४, आकाश त्रिपाठी ०, गुल्सन झा १७, दीपेश कडेँल ११, र कप्तान देव खनाल २४ रन बनाएर आउट भए ।
नेपाललाई सस्तोमा समेट्न अफगानिस्तानका फरिदुन दाउदजई र नसीर खान मारुफखिलले ३–३ विकेट लिए ।
यसअघि दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।
अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ सतकीय इनिङ खेलेका थिए ।
नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडेका थिए ।
बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २–२ विकेट लिए । आकाश चन्द्र र दीपेश कँडेलले १–१ विकेट लिए ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अब मंगलबार भारतसँग खेल्नेछ ।
.