लोड हुँदैछ...

मेनु

आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो

आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । यस्तै चाँदीमा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आइतबार १ हजार ४२५ रुपैयाँ तोकिएको छ।

१ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य १८ गते सबैभन्दा बढी १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।