लोड हुँदैछ...

मेनु

दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली

दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली

विराटनगर । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि छ ।

‘यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।