विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा खनाल र लेखासंयोजकमा निधि पूनःचयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।
१५ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएकोले संस्थाले पूर्व अध्यक्ष दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो । निर्वाचन समितिले मंसिर १६ गते उम्मेद्वारको अन्तीम नामावली प्रकासित गर्ने गरि प्रकासित गरेको निर्वाचन तालिका अनुसार कोषाध्यक्ष वाहेकका सबै पदमा एक÷एक जनाको मात्रै उम्मेद्वारी परेपछि उनिहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो । तर, कोषाध्यक्षमा भने खतिवडा र मदनकुमार पुडासाईं गरि दुई जनाको उम्मेद्वारी परेपछि उनीहरु र निर्वाचन समिति बीच गोलाप्रथाबाट विजयी टुंगो लगाउने सहमती भएको थियो । जसमा खतिवडा विजयी हुन सफल भएको निर्वाचन समितिका संयोजक दाहालले जानकारी दिए ।
त्यसैगरि लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् । संस्थाको साधारणसभा मंसिर १८ गते आफ्नै भवनमा हुँदैछ ।