लोड हुँदैछ...

मेनु

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ ।

एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्तिसुरक्षा भंग हुनेसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने भएकाले निषेधाज्ञा लागु गरिएको आदेशमा उल्लेख छ । एमालेको भातृ संगठन युवा संघ र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds