विराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा गरेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा गरेका हुन् । हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने उनको तर्क रहेको छ ।
राजनीतिक प्राणी भएकाले बौद्धिक सनातनी धर्म चाहिने उनले बताए । ‘ हिजोको मेरो एजेन्डा पनि हो पराजुलिले भने छैठि मातासँग मेरो अहिले पनि प्रार्थना छ । मुलुकमको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको हुँ, मेरो व्यक्तिगत केहि छन । ’
दण्ड प्रणाम यात्राका लागि उनी शनिवारदेखि व्रत बसेका थिए । व्रतका साथ यात्रा गर्न थालेको २९ वर्ष भएको उनले बताए । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुई दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।
विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए । पराजुलीसँगै भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा शुरू गरेका छन् ।