चाडपर्वमा हुने महँगी अनुगमन गरौँ : अमनलाल मोदी

काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले चाड पर्वका बेला विभिन्न खाद्यमा बढ्ने महँगीको अनुगमनका लागि उपसमिति बनाउन सुझाव दिएका छन् ।

बुधवार बसेको सार्वजनिक लेखा समितिको बाह्रौँ बैठकमा बोल्दै उनले सम्बन्धित निकायलाई बोलाएर के कारणले महँगी बढ्यो कि भ्रष्टाचार भयो भनी अनुसन्धान गर्नका लागि उप समिति बनाउन सुझाव दिएका हुन् ।

उनले भने, ‘अहिले चाड पर्व आएको बेला विभिन्न खाद्यसँग सम्बन्धित कुरामा एउटा उपसमिति बनाएर अनुगमन गरौँ । सम्बन्धित निकायलाई बोलाएर के कति कामले महँगी बढ्यो कि भ्रष्टाचार भयो अनुसन्धान गरौँ ।’

आन्दोलनमा रहेका डाक्टरहरूको घटनालाई पनि अनुसन्धानको लागि उपसमिति बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘डाक्टरहरू आन्दोलनमा हुनुहुन्छ । उहाँहरूमाथि किन कुटपिट भयो रु लापरबाही हो कि रु डाक्टरहरूले नहेरेर या हेर्दाहेर्दै घटना भएर कुटपिट भएको हो भन्ने अध्ययन गर्न उपसमिति बनाएर काम गरौँ ।’

बुधबार, १० असोज, २०८०, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर