६० किलो सुन प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएराति ललितपुरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन । ब्युरोका अनुसार साउन २ गते हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा चिनियाँमात्रै आधा दर्जन बढी व्यक्ति पक्राउ परिसकेका छन् ।

प्रहरीले बिहीवार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । एक जना भने बिरामी भएका कारण जमानीमा छुटेका छन् ।

शुक्रबार, ०१ भदौ, २०८०, बिहानको ०९:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर