विराटनगर । कोरोना भाइरस विरुद्धको खोपका बारेमा रहेका भ्रम चिर्नका लागि विभिन्न स्थानमा सडक नाटक मञ्चन गरिएको छ । झापा मोरङ र सुनसरीका विभिन्न स्थानमा सडक नाटक मञ्चन गरिएको हो ।
हाम्रो क्लब नेपाल विराटनगरले स्वस्थ समाजका लागि हाम्रो अभियान नेपालसँगको सहकार्यमा झापाको दमक, मोरङको बेलबारी, बुढीगंगा, सुनसरीको दुहबीलगायत क्षेत्रमा सडक नाटक मञ्चन गरेको हो ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाको सहयोगमा तयार गरिएको सडक नाटकमा कलाकार उद्धव सापकोटा, मुकेश कर्ण, मन्तोष यादव, भरत कार्की,संगीता यादव, दशरथ साह, सुरेश विद्रोही, दीक्षा चौधरीले अभिनय गरेका थिए । नाटकको लेखन र निर्देशन कलाकार सापकोटा र कर्णले गरेका थिए ।
ग्रामीण क्षेत्रमा कोरोना विरुद्धको खोप सम्बन्धी अझै पनि भ्रम र त्रास भएका कारण सचेतना जगाउने उद्देश्यले सडक नाटक मञ्चन गरिएको कलाकार उद्धव सापकोटाले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।