विराटनगर । मोरङ सुन्दरहरैचास्थित श्री माध्यमिक विद्यालयका कर्मचारी आज विहान विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी रन्जनकुमार दाहालका अनुसार विद्यालयका लेखापाल  ४० वर्षीय मनिल ढकाल जलिरहेको अवस्थामा फेला परेका हुन् ।
बिहान  सात बजे आसपास शौचालयबाट उनी  चिच्याएपछी  स्थानीयले थाहा पाएका थिए।  प्रहरीले उनी आफैले आगो लगाएको हुनसक्ने अनुमान गरेको छ। जलेर गम्भीर घाइते उनको  कोसी अस्पतालमा उपचार भैरहेको छ।