लोड हुँदैछ...

मेनु

शौचालयभित्र जलिरहेको अवस्थामा फेला परे विद्यालयका लेखापाल

विराटनगर । मोरङ सुन्दरहरैचास्थित श्री माध्यमिक विद्यालयका कर्मचारी आज विहान विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी रन्जनकुमार दाहालका अनुसार विद्यालयका लेखापाल  ४० वर्षीय मनिल ढकाल जलिरहेको अवस्थामा फेला परेका हुन् ।
बिहान  सात बजे आसपास शौचालयबाट उनी  चिच्याएपछी  स्थानीयले थाहा पाएका थिए।  प्रहरीले उनी आफैले आगो लगाएको हुनसक्ने अनुमान गरेको छ। जलेर गम्भीर घाइते उनको  कोसी अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds