काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ ।
सोमवार संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा चालु आर्थिक वर्ष राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड हुने अनुमान प्रस्तुत गरेका हुन् । लक्ष्यको तुलनामा यो ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा ५।९ प्रतिशतले कम हो ।
राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको उनले सुनाए ।
सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड विसनियोजनको ८३ .९० प्रतिशत संसोधित अनुमान छ कूल सरकारी दर्च मध्य चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड विनियनेजनको ८८ .१८ प्रतिशत पँजिथत खर्च रु २ खर्ब ५८ अर्ब ३४ करोड विनियनेजनको ६७.९१ प्रतिशत वित्तिय तर्फ व्यवस्था तर्फ २ खर्ब ३ अर्ब २६ करोड विनियनेजनको ८८.३९ प्रतिशत खर्च हुने संसोधित अनुमान छ ।