काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ९ रूपैयाँ र डिजेलमा ८ रूपैयाँ घटेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।
जनतालाई पेट्रोलियम पदार्थमा राहत दिन पनि आयल निगमले भोलिसम्ममा केही निर्णय गर्न सक्ने निगम स्रोतले जानकारी दिएको छ ।
भारतले हरेक १५ दिनमा इन्धनको नयाँ मूल्य पठाउने गरेको छ । घटेर आउँदा घटाउने र बढ्दा बढाउने गरिएको भए पनि नेपालमा आयल निगमको घाटा पूर्ति गर्नका लागि मूल्य घटेर आएको बेला मूल्य समायोजन नगरिएको निगमको भनाइ छ ।

