विराट गोल्डकपमा आजदेखि सेमिफाइनल खेल, टिकटको मूल्य घट्यो

विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल खेल आजबाट सुरू हुँदैछ ।

विराटनगरस्थित सहिद मैदानमा सुरू हुने रात्रीकालिन विराट गोल्डकपमा सोमबार राती ६ः४५ बजे पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर सिटी (बीसिएफ) र ‘ए’ डिभिजन टिम जावलाखेल युथ क्लबबीच हुँदैछ ।

जावलाखेलले विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा पराजित गरेको थियो भने घरेलु टिम विराटनगर सिटीले पुर्व बिजेता विभागीय टिम नेपाल पुसिललाई १–० गोलले हराउँदै सेमिफाइनलको स्थान सुरक्षती गरेको थियो ।

आयोजकले विराट गोल्डकपको सेमिफाइनल खेलको टिकटको मुल्य घटाएको छ । सोमबार पत्रकार सम्मेलन गरी सेमिफाइनलमा टिकट दर घटाएको जानकारी गराएको हो । सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरेर ५०० बाट ३०० रुपैयाँ कायम गरेको विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले बताए । दर्शकहरुको माग अनुसार टिकट दर घटाइएको उनले बताए ।

सेमिफाइनल खेलहरू यसअघि आयोजकले ५ सय रुपैयाँ टिकट शुल्क तोकेको थियो । प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ । टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ ।

टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । म्यान अफ द म्याचलाई ११ हजार पुरस्कार दिदै आएको छ ।

सोमबार, १३ चैत, २०७९, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर