विराट गोल्डकप : पहिलो हाफ साविक विजेता एपीएफ र भुटानको १–१ गोल

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लब पहिलोहाफसम्म १–१ गोलको बराबरी भएको छ । अहिले विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा भइरहेको छ ।

एपीएफले खेल सुरु भएको तीन मिनेटमा सुरुवाती अग्रता लियो । एपीएफका सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोल गरी अग्रता दिलाए । ३३ औ मिनेटमा भुटानका फोफोना इब्रहीमले गोल गरी खेल बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले चाली चुम्यो ।

खेल सुरु भएको ७ औ मिनेटमा युवराजको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।

१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलपिकर हरी गुरूङले उत्कृष्ट बचाए ।

२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक । ४२ औं मिनेटमा मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यसलगतै किपरसमेत बीट भइसकेको अवस्थामा हरी कार्कीको प्रहार विफल भयो । ४४ औं मिनेटमा बुद्धीमान राईको क्रसमा अर्मदन डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।

शनिबार, ११ चैत, २०७९, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर