विराटनगर । विराटनगरको सहिद रंगशालामा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । गोल्डकपमा सर्वसाधरणमा अत्याधिक उत्साह देखिएको छ ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् । प्रतियोगिता साँझ ७ बजेदेखि सुरु भएको हो । आजको उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटबल क्लव र नेपाल प्रहरीबीच भइरहेको छ । दोस्रो हाफ सकिँदासम्म दुवै टिमले गोल लगाउन सकेका छैनन् । अहिले थप १५ मिनेटको समयमा खेल भइरहेको छ ।
पहिलो हाफसम्म पुलिसले आयोजकलाई दबाबमा राखेको थियो । पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाए । १८ औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४ औै मिनेटमा आयोजक अविशेषक गुरूङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाए ।
२८ मिनटेमा पुलिसको ओसेन्द्र कटुवालले ३० यार्डदेखिको प्रहार बाहिरयो । ४१ औं मिनेटमा पुलिसका रवि शंंकर पावानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा गोल हुनबाट चुक्यो । दोश्रो हाफमा आयोकजले केही मुभहरु बनाउन सफल रहयो । ५५ औं मिनेटमा अभिषेक गुरुङ्गको प्रहार बाहिरियो ।
हेरौं केही तस्बिरहरू: