विराटनगर । यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुगेको छ । यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
आज भएको लिग टूको अन्तिम खेलमा युएईलाई डिएलएस मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
नेपालका लागि कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाले अर्धशतक हानेका थिए । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६० रन आवश्यक थियो । यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको छ ।
यो जितसँगै आईसीसी विश्वकप लीग २ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो ।
Be happy
Congratulations Sandip bhai
Nepal cricket