काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेबाट सुरू हुदै छ ।
युएई विरुद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायर मा सोझै छनोट हुनेछ।
पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाएको थियो । त्यसपछि नेपालका लागि यो सबैभन्दा ठूलो सफलता हुनेछ।
अहिले नेपाल चौथो स्थानमा छ। ७ टिम सम्मिलित प्रतियोगितामा नेपाल चौथो स्थानमा रहेको छ ।
त्रिवि मैदानमा हुने खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
क्यानले सबै टिकट बिक्री भइसकेको र भिडभाड हुने भएकाले वृद्ध वृद्धा र बालबालिकालाई घरबाटै क्रिकेट हेरेर सपोर्ट गर्न आग्रह गरेको छ ।
टिकटबाट उठेको सबै रकम खेलाडी कल्याणकारी कोषमा राख्ने क्यानले जनाएको छ ।