लोड हुँदैछ...

मेनु

विराट गोल्डकप खेल्ने सवै टिम टुंगो, आईलिग क्लब दिल्ली एफसी पनि विराट गोल्डकपमा सहभागी हुने

विराट गोल्डकप खेल्ने सवै टिम टुंगो, आईलिग क्लब दिल्ली एफसी पनि विराट गोल्डकपमा सहभागी हुने

विराटनगर । शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ ।

विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने छन् । यसैगरी नेपालका ३ वटा विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागीता जनाउने छ । विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छ ।

यस सिजन प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

-फाइल तस्बिर : हाम्रोमत

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।