विराटनगर । आइसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन ।
पिएनजीले पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस्तै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे ।
पीनएनजीका लागि कप्तान असद भालाले सबैभन्दा उच्च स्कोर २० रन बनाए । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए भने बाँकी खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।
ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । अर्को ओपनर हिरी हिरीलाई सोमपाल कामीले छैटौं ओभरमा करण केसीबाट क्याचआउट गराए ।
कप्तान भाला र सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर, २०औं ओभरमा सन्दिप लामिछानेले भालाई ललित राजवंशीबाट क्याचआउट गराउँदै ३२ रनको साझेदारी तोडे । त्यसपछि ललितले रिले हेकुरेलाई कट एन्ड बोल्ड गरे ।
लगत्तै सन्दीपले चार्ल्स अमिनीलाई फेरि ललितबाट क्याचआउट गराए भने
नर्मन भानुअलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचआउट गराए । भानुअले खाता समेत खोलेनन् । सन्दीपले हिला भारेलाई ७ रनमै बोल्ड गरे । कुशलले बकुअ मोरेअलाई भिम शार्कीबाट क्याचआउट गराए ।
पीएनजीलाई अलआउट गर्न सन्दीपले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।