जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगितामा विराट, कोशी र मोर्डनएरा विजयी

विराटनगर । विराटनगरमा जारी जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगितामा शुक्रबार चार खेल भएका छन् । पुष्पलाल चौकको खेल मैदानमा भएको पहिलो खेलमा विराट मल्टिपल कलेज विजयी भएको छ ।

विराटले हिमालय कलेजलाई २–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको विराटले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । हिमालयलाई २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै विराटले जित निकालेको हो । विराट एक खेल अगावै सेमिफाइन प्रवेश गरेको छ । नेहारिका कलेजले सहभागी नभएपछि विराट सेमिफाइनलमा प्रवेश गरेको हो ।

आज भएको दोस्रो खेलमा कोशी मल्टिपल कलेजलाई २–१ को सेटमा पराजित गर्दै सोम्स कलेज अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो सेट २२–२५ ले गुमाएको सोम्सले दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–१८ को जित निकालेको छ । सेमिफाइनल प्रवेशका लागि सोम्सले सास्तम कलेजसँग सामना गर्नुपर्नेछ ।

यस्तै आज भएको तेस्रो खेलमा युनिभ मोर्डनयरा कलेज विराटनगर विजयी भएको छ । उर्लाबारी बहुमुखी क्याम्पसलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै मोर्डनयरा सेमिफाइनमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि बाँकी रहेको सोम्स र सास्तम कलेजबीचको खेल भोलि हुने खेल संयोजक नवराज नेपालले जानकारी दिए । यो खेल जित्ने टिमले फाइनल प्रवेशका लागि इडनबर्ग कलेजसँग खेल्नुपर्नेछ ।

यस्तै भोलि हुने अर्को सेमिफाइनमा मोर्डनयरा र विराट मल्टिपलबीच प्रतिस्पर्धा हुने नेपालले बताए ।

मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता फाल्गुन २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ९ टिमले सहभागीता जनाएका छन् ।

शुक्रबार, २६ फागुन, २०७९, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर