विराटनगर। विराटनगरको ठूलो सहकारीको रुपमा स्थापित तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार विराटनगरमा मन्त्री मोदीलाई भेट्दै बचतकर्ताहरुले आफूहरुको बचत रकम फिर्ताका लागि पहकलदकमी लिनका लागि ज्ञापनपत्र बुझाएका हुन्।
‘विराटनगरमा सञ्चालन भएको तुलसी बहुमुखी सहकारी संस्था लि।ले हजारौँ बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकेकाले खुन पसिना गरेर बचत गरेको रकम डुब्ला भन्ने आशंका रहेको र त्यस संस्थाको पदाधिकारीहरु पनि केही सम्पर्कविहीन भएकाले सम्पूर्ण बचतकर्ताहरुको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताहरुको बचत फिर्ता गर्न जस्तोसुकै कदमका लागि आवश्यक पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ’बचतकर्ताहरुले मन्त्री मोदीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताहरुको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउनका लागि पहलकदमी लिनका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताए। ‘तपाईहरुको रकम फिर्ता गराउनका लागि मैले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छु, बचत रकम फिर्ता गराउनका लागि सरकारको तर्फबाट म भूमिका निर्वाह गर्ने विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।