विराटनगर । एनएमबी लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरूलाई चारिदिने तालिम दिएको हो । संस्थाले प्रदेश १ अन्तरगतका शाखामा कार्यरत कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम दिएको हो ।
तालिम बिर्तामोड र इटहरीमा सञ्चालन भएको एनएमबी लघुवित्त वित्तीय संस्थाले जनाएको छ । तालिमको अवसरमा संस्थाले किसानहरूलाई लक्षित गरेर किसान सिरिजका कर्जाहरूको समेत लन्च गरेको छ । जसमा किसानले व्यवसायको पूर्वाधार निर्माणदेखि सम्पत्ति जोड्नका लागि कर्जा पाउने छन् भने व्यवसायको प्रकृतिका आधारमा भुक्तानी गर्न पाउने छन् ।
यसबाट किसानलाई व्यवसाय सञ्चालन गर्न कर्जामा सहज हुने संस्थाले जनाएको छ । तालिमको संस्थाकै केन्द्रीय कार्यालयका विभिन्न विभागका प्रमुख, प्रदेश कार्यालय तथा क्षेत्रीय कार्यालयका कर्मचारीहरूले सहजीकरण गरेका थिए । तालिममा प्रदेश १ अन्तरगतका १४ जिल्लामा रहेका ३६ वटा शाखाका १२० जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिममा प्रदेश एकका प्रमुख ऋषिराज परियार ,जीवन खत्री तथा केन्द्रीय कार्यालयका कमल पोखरेल, प्रदीप पौडेल ,अर्जुन खतिवडा,बखत बहादुर बटाला र ललित किशोर भट्टले समेतले प्रशिक्षण दिएका थिए । तालिमले आफूहरूलाई काम गर्न थप हौसला प्रदान भएको,तालिममा सहभागी पुष्पलाल चौक शाखाका कर्मचारी वीरेन्द्र शर्माले बताए ।
एनमवि लघुवित्त वित्तीय संस्थाले सातै प्रदेशका कर्मचारीहरूको लागि तालिम सञ्चालन गरिरहेको केन्द्रीय कार्यालयका कमल पोखरेलले जानकारी दिएका छन् ।