लोड हुँदैछ...

मेनु

सिंघीया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन

सिंघीया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणधीन सिंघीया खोलाको पुलको काम अविलम्ब सम्पन्न गर्न निर्देशन दिएका छन् ।

२०५८ सालमा शिलान्यास भए पनि पुल निर्माण हुन सकेको थिएन । शिलान्यास भए पनि अलपत्र रहेको पुल निर्माणका लागि मन्त्री मोदीले पहलकदमी लिएर निर्माण कार्य आरम्भ गरेका थिए ।

निर्माणधीन सो पुलको मन्त्री मोदीले निरीक्षण गरेका छन् । आइतबार निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

‘यो पुल यहाँको लागि अत्यन्त आवश्यक पुल हो, मैले दुइपटक चुनाव जितिसके तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसैगरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस्,’ मन्त्री मोदीले भने ।

पुल निर्माणको काम चालू आर्थिक वर्षमा सम्पन्न हुने जनाइएको छ । सुर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।