संखुवासभा । संखुवासभा जिल्लामा भ्रष्टाचारका एक सय भन्दा बढी उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार संखुवासभामा ११९ उजुरी परेका हुन् । बिहीबार सदरमुकाम खाँदबारीमा भ्रष्टाचार नियन्त्रणका लागि भएको अन्तर्रक्रियामा विभिन्न सरकारी कार्यालय र स्थानीय तहका ११९ उजुरी परेको जानकारी दिइएको थियो । जिल्लामा गत साउन यता यतिका संख्यामा उजुरी दर्ता भएका हुन् ।

आयोगको इटहरीस्थित कार्यालयले भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवाला निकायसँग खाँदबारीमा एक दिने अन्तर्रक्रिया कार्यक्रम गरेको हो । पछिल्लो समय सरकारी कार्यालयमा भ्रष्टाचार बढेको भन्दै सरोकारवाला निकायलले चासो ब्यक्त गरेका छन् । राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता तथा खबरदारीयुक्त जनदबाबविना भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारण व्यक्त गरे । सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोगलाई बढाउन सके पारदर्शीता कायम भई भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुग्ने खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताइन् ।

भ्रष्टाचारले समाजमा आर्थिक असमानता सिर्जना गर्ने र नागरिकमा सार्वजनिक सेवाप्रतिको विश्वास गुम्ने हुनाले भ्रष्टाचार नियन्त्रणका सबै सरोकारवालाहरू एकजुट उपप्रमख श्रेष्ठले आग्रह गरिन् । अख्तियार कार्यालय इटहरीका अनुसार उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेका छन् । जिल्लामा आर्थिक २०७८ ÷०७९ मा १ सय १७ वटा उजुरी परेका थिए । भने हालसम्म ५७ वटा उजुरी फस्र्यौट भएका छन् । त्यस्तै गरी साउन देखि माघसम्म १ सय १९ उजुरी मध्ये ५९ वटा उजुरी फस्र्यौट भएका छन् । खाँदबारी नगरपालिकामा २० वटा उजुरी मध्ये १६ वटा उजुरी फस्र्यौट भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा १२ जिल्लाका १६ सय ८० उजुरी परेको छन् । भने ६२८ उजुरी फस्र्यौट भएको कार्यालयले जनाएको छ ।