इटहरी । प्रदेश १ मै पहिलो पटक सार्वजनिक शौचालय माथि पत्रकार सम्मेलनको आयोजना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा निर्माण गरिएको सार्वजनिक शौचालयमाथि पत्रकार सम्मेलन गरिएको हो ।
विराटचौक महोत्सवबारे जानकारी गराउने उद्येश्यले झरना युवा क्लबले सार्वजनिक शौचालयको भवनमा पत्रकार सम्मेलन गरेको हो । मोरङको विराटचौकमा आगामी फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना हुने विराटचोक महोत्सवको बारेमा जानकारी दिन स्मार्ट शौेचालयमा रहेको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
फागुन ७ गतेदेखि १५ दिनसम्म लाग्ने महोत्सव करिव एक लाख आगन्तुकहरुले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवलाई प्रभावकारी बनाउन स्थानीय कलाकारहरूसँगै राष्ट्रिय स्तरमा ख्याति कमाएका चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिइएको छ ।
चर्चित गायक , प्रमोद खरेल , कमल खत्री, प्रकास सपुत, नबिन के भट्टराइ , मन्त्र ब्यान्ड, गायीका एलीना चौहान, प्रिती आले, मेलीना राई, हास्य कलाकार मनोज गजुरेल लगायतको प्रस्तुति रहने आयोजक झरना युवा क्लबका अध्यक्ष प्रल्हाद पाठकले जानकारी दिए ।
महोत्सवमा कुल १ करोड ६ लाख खर्च हुने जनाइएको छ । महोत्सवमा ५० वटा स्टलहरू रहने छन् । कोरोना कालपछि सुन्दरहरैंचामा पहिलो पटक आयोजना हुन लागेको विराटचोक महोत्सलाई भव्य र सभ्य बनाउन बिभिन्न उपसमितीहरू गठन गरेर काम अगाडि बढाएको महोत्सव आयोजक समिति संयोजक भविन पाण्डेले बताए ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न तथा लताकपडा एवम् उपयोगी सामग्रीहरूको प्रवद्र्धन गर्ने र सुन्दरहरैंचामा रहेका पर्यटकीय क्षेत्रहरूको वर्णन गर्ने उद्देश्य रहेको उनले बताए ।
महोत्सवको मुख्य प्रायोजन पिएलओ ल्युब आयलले गरेको छ भने प्रायोजकहरु प्रणाम इट्टा, आर एन जी ग्रुप विराटचोक छन् । सह प्रायोजक श्री जिएन कंक्रिट उद्योग, एनी नेपाल क्लोथिङ ब्राण्ड, प्रिन्स इटा प्रालि लगायत छन् । महोत्सवलाई सुन्दरहरैंचा नगरपालिकाले प्रवद्र्धन गरेको छ ।
महोत्सवमा खाद्यान्न, लताकपडा, अटोमोबाइल, इलेक्ट्रोनिक वस्तुहरु, खेलकुद सामग्री, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी गरिनेछ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।