ताप्लेजुङ । अम्रिसोको मूल्य वृद्धि भएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् ।
तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले बिक्री गरेका किसानले यति बेला भने १ सय २० रुपौले किनबेच गरीरहेका छन । ताप्लेजुङको खेवाङका नेत्र आचार्यले प्रतिकेजी एक सय २० रुपैयामा बिक्री गरेको बताउछन ।
मूल्यमा उतारचढाब आइरहे पनि यो वर्ष प्रतिकिलो एक सयदेखि एक सय २० सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएको सोही स्थानका रुपनारायण पाण्डेले प्रतिकिलो एक सय २० सम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गरेका थिए ।
पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् ।
बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।