बिक्रम लुईँटेल
नयाँ सरकार बनेसँगै प्रदेशमा प्रहरी प्रमुख र जिल्लाहरूमा पनि प्रमुख फेरिएका छन् । राजनैतिक विषयलाई बाहिर राख्ने हो भने हाम्रो तिर प्रहरी र प्रमुख जिल्ला अधिकारीको सरुवालाई विशेष प्राथामिकतामा हेर्ने गरिन्छ ।
यस पटक हाम्रो प्रदेशमा एतिहासिक रुपमा महिला प्रमुख जिल्ला अधिकारीको उपस्थिती छ । आगमी दिनमा उनीहरुले जिल्लाको शान्ति सुरक्षा र समन्वयमा खेलेको भूमिकाको आधारमा महिला प्रमुख जिल्ला अधिकारीहरु धेरै हुने सम्भवना रहन्छ । सुनसरी, धनकुटा जस्ता गरेर पाँच जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी छन् । विकास निमार्णको भ्रष्टचारदेखि अनेकौ कमिसनमा यी संस्था र संरचना जोडिने मात्र होइन् पावर एक्ससाइज गर्ने ठूलो संस्थाको रुपमा जिल्लामा चिनिन्छ । यस अर्थ पनि प्रहरी प्रमुख र प्रजिअको चर्चा बढी हुन्छ ।
अहिले हाम्रो प्रदेशमा प्रहरी प्रमुख र जिल्लामा प्रजिअ साथै प्रहरी प्रमुख परिवर्तन भएका छन् । खास गरेर तराईको सुनसरी, मोरङ र झापाको तस्करी नियन्त्रण, गुण्डागर्दी नियन्त्रण र अन्तर सरकारी कार्यालयको समन्वयमा शान्ति सुरक्षा कायम गर्न सकेमा ती प्रमुखहरुको सफलता मापन गर्न सकिन्छ । खास गरेर अहिलेका सबै जिल्लाका प्रमुखहरुका लागि चुनौति भनेको राजनैतिक समन्वयनै ठूलो चुनौति हो ।
धेरै दलहरुको सरकार बनेको अवस्था छ । कतिपय सरकारमा सहभागिहरु उग्र्र र जनप्रेमी भनिरहेका छन् भने कतिपय पराम्परागत शक्तिहरु आफ्नो शक्तिलाई कायम नै राख्न खोज्छन् । यो नै अहिलेको चुनौति हो । यी चुनौतिहरुलाई पार गर्दै नयाँ सृजनात्मक अभियान सुरु गर्नुपर्ने अवस्था रहेको छ ।
तर, हामी कहाँ जनतासँग भिज्ने गरी नयाँ सृजनात्मक अभ्यासहरु हुन सकिरहेका छैन । सरकारी कार्यालयहरुमा हुने ढिला सुस्तीमा प्रजिअको निगरानी र मुद्दा मामिला र उजुरीमा प्रहरीको छिटो सेवा प्रवाह हुन सक्यो भने त्यहाँ पनि सफलता देख्न सकिन्छ । स्थानीय सरकारका प्रमुख, प्रदेश सरकार र केन्द्रीय सरकार समेतको समन्वय गर्नु अर्को ठूलो चुनौति छ । यी सबै खाले दल र सरकारका प्रतिनिधीलाई रिजाउँदै र मिलाउँदै आफ्नो कार्यकाल सकिने अवस्था आउँछ । यसो हुनाले खास गरेर जनताले अनुभूती हुने गरी काम गर्नुनै अहिलेको ठूलो सफलता हो । जस्तो ट्राफिक प्रहरीको व्यवस्थापन र सेवा प्रवाह, बोर्डरमा अनआश्वयक तस्करीको नियन्त्रण, अवैध रुपमा हुने क्यासिनो प्रवेश साथै दुर्घटना भएपछि व्यवसायीसँग हुने प्रहरीको अनआश्यक मिलेमतो, ओभरलोडमा ट्राफिकको मिलेमतो, उजुरी लिन प्रहरीको आनाकानी र परेका उजुरीलाई प्राथामिकताका साथ नहेर्ने परीपाटी अहिलेको प्रमुख चुनौति हो । यी सबै सेवा प्रवाह जनताले थाहा पाउने गरी जनताले अनुभुति हुने गरी दिनु पर्दछ । यस्तो गर्न सकियो भने मात्र जिल्लामा संघीय सरकारको प्रतिनिधीको भूमिका प्रभावकारी हुन्छ ।
पछिल्लो समय रवि लामिछाने गृह मन्त्री भएपछि हाम्रै बोर्डर तिरपनि देखिएको कडाइ र प्रहरीहरुको चनाखो पन निरन्तर रहन सक्यो भने पनि महत्वपूर्ण उपलब्धी हुन्छ । प्रहरीले गर्ने सरुवाको पार्दशीता र आवश्यकता भएको ठाउँमा दरबन्दीलाई व्यवस्थापन गर्ने र स्रोत साधनमा समन्वय गर्नुपर्ने काम पनि प्रहरीले जिम्मवारीपूर्वक ढंगले गरे प्रश्न चिन्ह खडा हुदैन । यस्ता कुरामा ध्यान दिन सके हाम्रो प्रदेशमा आएका नयाँ प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखहरु सफल हुन सक्छन् । नत्र आउने सामान्य समय कटाउने र फर्किने मात्रै दर्ज हुन सक्छन् ।