विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् ।
विराटनगरमा आज सुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा छौं । सहमति नभए प्रक्रियाबाट भएपनि नामको विषय टुंगो लगाउने पक्षमा हामी छौं,’ उनले भने ।
कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी गरे । ‘मान्छेहरुले प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरु लेख्नुभएको छ । त्यही संरचनाको चौथो मुख्यमन्त्री बनेर उभिएको छु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भाव भएको हो । ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था आएको छैन,’ उनले भने, ‘कमजोरी सच्याउने प्रयास गरौं, राम्रो कामको प्रशंसा पनि गरौं । १४ सदस्यीय मन्त्री मण्डललाई घटाएर हामीले ९ वटामा झारेका छौं । प्रदेशसभाको संख्याको १० प्रतिशत भन्दा कम मन्त्री बनाउने हामीले प्रतिबद्धता गरेका छौं ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।