लोड हुँदैछ...

मेनु

नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो भन्दा बढी सुनसहित एक यात्रु पक्राउ परेका छन ।९ किलो १३५ ग्राम काँचो सुनसहित मोहमद कमल महगौब लाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।

दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२१० बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने महगौबसँग क्यानडाको पासपोर्ट रहेको छ । महगौब पहिलो पटक नेपाल आएका हुन्।

उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।