लोड हुँदैछ...

मेनु

बैंकको ३१ करोड घोटाला प्रकरणमा सिईओ पक्राउ

बैंकको ३१ करोड घोटाला प्रकरणमा सिईओ पक्राउ

दमक ।झापाको दमकस्थित कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैंकको ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको एक सातापछि बस्नेतले प्रहरीसमक्ष आत्मासमर्पण गरेका हुन् । आइतबार सीइओ बस्नेतजी आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आफैं सम्पर्कमा आएका बस्नेतलाई प्रहरीले हिरासतमा लिएर बयान लिएको छ । प्रहरीले ७ दिनको लागि म्याद थप माग गर्दै उच्च अदालत इलाममा निवेदन दिएको छ । अदालतले दिएको समयमा बयान लिने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ

बैंकको ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पत्र पठाएपछि घटना बाहिर आएको थियो । प्रहरी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको रहेकोसमेत भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानमा भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको स्रोतले जनाएको छ । अपचलन भएको रकम बैंकले संभावित जोखिम व्यवस्थाका लागि छुट्याइसकेको छ । बैंक स्रोतका अनुसार सीइओ बस्नेतले घटनबारे राष्ट्रबैंकमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।