विराटनगर । व्यवस्थापन संकायमा सर्वोत्कृष्ट पहिचान बनाएको विराटनगर – ७ स्थित मेरिल्यान्ड कलेजकी छात्रा सिम्रन अग्रवालले अर्को सफलता हात पारेकी छिन् ।
त्रिभुवन विश्व विद्यालयद्वारा हालै प्रकाशित विविएस चौथो वर्षको रिजल्टमा सिम्रनले सर्वाधिक ८१।२ प्रतिशत अंक ल्याई उत्कृष्ट भएकी हुन् ।
उनै सिम्रन अग्रवालले गत वर्षको वि वि एस तेस्रो वर्षमा ८२।२ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएकी थिइन् भने विविएस प्रथम वर्षमा पनि ७० प्रतिशत अंक ल्याइ प्रदेश प्रथम भएकी थिइन् । त्यस्तै विविएस दोस्रो वर्षको परीक्षामा मेरिल्यान्डकी छात्रा राजलक्ष्मी अग्रवालले ७५।४ प्रतिशत ल्याई प्रदेश प्रथम भएकी थिइन् । रंगेली निवासी सिम्रन पढाइमा अत्यन्तै जेहेन्दार र लगनशील भएको सफलता प्राप्त गरेकी कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । विविएस तेस्रो वर्षमा नेपाल प्रथम भएको कारणले कलेजले उनलाई नगद २५ हजार पुरस्कारले सम्मानित गरेको थियो ।
सिम्रनका बुबा रमाकान्त अग्रवाल कलेजको उत्कृष्ट शैक्षिक वातावरणले पनि आफ्नी छोरी लगातार उत्कृष्ट हुन सफल भएको बताए । त्यस्तै २०७६ सालमा वि वि एस चौथो वर्षमा छात्र रोहित कार्कीले ८४ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । यसै गरी २०७८ सालमा राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा – १२ को परीक्षामा दिया अग्रवालले नेपालमै उच्च ३।९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् ।
उक्त खुसीयालीमा कलेजले एक भव्य समारोह गरी दियालाई नगद ५१ हजार सहित सम्मान गरेको थियो ।