लोड हुँदैछ...

मेनु

उखुको मूल्य प्रतिक्वीन्टल ५४० तोक्ने मन्त्रिपरिषद्को निर्णय

उखुको मूल्य प्रतिक्वीन्टल ५४० तोक्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको छ । बैठकले उखुको मूल्य प्रति प्रति क्वीन्टल  ५४० रुपैयाँ तोकेको हो ।

उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस्तै, मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने समेत निर्णय गरेको पौडेलले बताए ।

साथै उनले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताउँदै उक्त विषयमा छलफल गरी सम्बन्धित पक्षको कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताए ।  नयाँ मन्त्रिमण्डल विस्तारपछिको पहिलो मन्त्रिपरिषद् को पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।