विराटनगर । हनर ब्राण्डको बहुप्रतिक्षित मोबाइल फोन ‘हनर सेभेन्टी’ र ‘हनर एक्स नाईन ए’ नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
हनरका लागि आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले बुधबारदेखि यी दुई मोबाइल नेपाल भित्र्याउन लागेको हो । सोमबारदेखि नेपाली अनलाईन सपिङ प्लेटफर्म दराजमा यसको प्रि–बुकिङ खुल्ला गरिसकिएको छ ।
प्रत्यक्ष खरिदबिक्रीका लागि बुधबारदेखि सो मोबाईल नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल भित्रिन लागेका यी दुई फोनमध्ये ‘हनर सेभेन्टी’ ले बेस्ट भ्लगिङ फोनको पुरस्कार पनि जितिसकेको छ ।
४ हजार ८०० मेगाहर्जको ब्याट्री क्षमतासहित नेपाली बजारमा भित्रिन लागेको हनर सेभेन्टीमा ६.६७ इन्चको ओलेड डिस्प्ले प्रदान गरिएको छ । मोबाईलको पछाडिपट्टि डुयल एलइडी फ्ल्याससहित ५४, ५० र २ मेगा पिक्सेल गरी जम्मा ३ वटा क्यामेरा दिइएको छ । मोबाइलको सेल्फी क्यामेरा वाईड सेन्सरसहित ३२ मेगा पिक्सेलको रहेको बताइएको छ ।
सेल्ट्रोन नेपालका एरिया सेल्स म्यानेजर रमेश आचार्यका अनुसार ८ जिबी ¥याम र १२८ जिबीको ईन्टरनल स्टोरेज सहितको हनर सेभेन्टीको मूल्य भने ६९ हजार ९९० रुपैयाँ रहेको छ । हनर सेभेन्टी अग्रिम अर्डर गर्ने उपभोक्ताले भने हुवावेई ब्राण्डको रु. ७ हजार ९९० रुपैयाँ बराबरको स्मार्ट वाचसमेत प्राप्त गर्ने अफर कम्पनीले राखेको छ ।

