विराटनगर । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।
यस्तै, काठमाडौंबाट भद्रपुरका लागि ६००, विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५ र पोखराका लागि ३२० रुपैयाँ घटेको छ । त्यसैगरी काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जको लागि ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८०, सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा घटेको छ ।
यो भाडादर पुस २७ गतेबाट बाट लागु हुने वायुसेवा सञ्चालक संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार मात्रै हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो

