काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ ।
खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य घटाउन निर्देशन दिन दिउँसो प्रधानमन्त्री प्रचण्डले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

