लोड हुँदैछ...

मेनु

कोरोना भाइरसको संक्रमणबाट तीन महीनापछि एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट तीन महीनापछि  एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन्।

आज दुई जना निको भएका छन्। अहिले देशभर २१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds