लोड हुँदैछ...

मेनु

दशकसम्म पुल नबनेपछि ठेक्का तोडियो

दशकसम्म पुल नबनेपछि ठेक्का तोडियो

संखुवासभा । संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने निर्माण सेवाको ठेक्का सम्झौता रद्द गरिएको छ ।
एक दशक भन्दाबढी समय वित्दा समेत निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो ।
अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने स्वच्छन्द निर्माण सेवासँगको ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारमा सूचना अधिकारी इन्जिनीयर दिपेन्द्रकुमार शाहले जानकारी दिए । अरुण नदीमा २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्माण कार्य सुरु गरेको थियो । विभिन्न बाहना बनाउँदै निर्माण सेवाले म्याद थप मात्र गर्न तर काम नगर्न भएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको शाहले बताए ।

स्वच्छन्द निर्माण सेवाले काम छाडेर भागेपछि पुल निर्माण अलपत्र बनेको थियो । १२ वर्षअघि सम्झौता भएको पक्की पुलको काम २० प्रतिशत मात्र सकिएको छ । २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ । पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो ।

स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुष १३ गते सम्म म्याद थप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुल हालसम्म खर्च ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि ७० हजार बढी स्थानीयले सास्ती भोगिरहेका छन् ।

लम्सुवा घाटको पुल निर्माण नहुदाँ जोखिम मोलेर काठको डुङ्गाबाट अरुण नदी वारपार गर्नुपरेको छ । पुल हामी नहुँदा दैनिक उपभोग्य सामाग्री समेत महंगो शुल्क तिर्नु परेको स्थानीयको गुनासो छ ।
फोटो
े सफल शल्यक्रिया गरेर च्यापिएको नशा खुलाएको थियो । २८ दिन हस्पिटलमा बसेपछि उनको डिस्चार्ज भएको छ ।
उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’
उपचारमा संलग्न चिकित्सक डा. नेपालले शल्यक्रियापछि विरामीले नियमित थेरापी गरेपछि अहिले राम्रोसँग हिँडडुल गर्नसक्ने भएको बताए । ‘मेरुदण्ड भाचिएर नशा च्यापिएको विरामी राम्रोसँग हिडडुल गर्न सक्दैनन् । पिसाव पनि लागेको थाहा हुदैन । लडेको एक हप्तापछि हस्पिटल आएकोले हामीले तुरुन्त शल्यक्रिया गरिम । च्यापिएको नशा खोलियो । ३ देखि ४ महिनासम्म थेरापी गरेपछि अहिले ठिक भएको छ,’ डा.नेपालले भने ।
नशा च्यापिएको विरामीको चाँडै उपचार गरिनुपर्ने चिकत्सकले बताएका छन् । चाँडै उपचार गरे रिकभर हुने भन्दै डा. नेपालले नशा पुरै ड्यामेज भयो भने त्यसलाई रिकभर गर्न ढिलो हुने बताए ।
आर्या न्युरोमा अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ न्यूरो सर्जन देखि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सकसहितको टिमले उपचार गर्ने गरेको छ । अस्पतालमा अहिले टाउँको, नशा सम्बन्धी सम्पूर्ण उपचार र जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।