लोड हुँदैछ...

मेनु

व्यवसायिक बाख्रापालनमा किसान

व्यवसायिक बाख्रापालनमा किसान

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् ।

दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् ।
उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागू भएपछि विपन्न किसानमा व्यवसायिकता देखिएको हो । किसान समूहसँगको सहलगानीमा आयोजनाले ब्याडका लागि बोयर बोका वितरण गरेको छ ।

किसान समूहले बोयर बोका पाएपछि दुबै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ ।

गाउँमा पहिलो पटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताइन् । किसानले खोर सुधार र घाँस खेतीसमेत अभियानकै रुपमा थाल्ने योजना रहेको बताएका छन् ।

समृद्धि आयोजनाले किसान समूहमा वित्तीय तथा प्राविधिक शिक्षा, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।