विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ देशभित्रनै उत्पादन गर्नुपर्ने बताएकी छन् ।
विहिबार विराटनगरमा विराट एक्सपोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशभित्र सञ्चालित उद्योगका लागि आवश्यक कच्चा पदार्थ देशभित्र नै उत्पादन गर्न सके उद्योग धन्दा संचालन गर्न सहज हुने बताएकी छिन ।
औद्योगिक पहिचान बनाएको विराटनगरको शाख गुम्न दिन नहुने समेत उनले बताएकी छन् । ‘विराटनगर औद्योगिक सहर हो,’उनले भनिन ‘त्यसको शाख गिर्न सबै लागेर गिर्न दिनुहुदैंन ।’
सातौं संस्करणको विराट एक्स्पो बिहीवारदेखि विराटनगरमा शुरू भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हप्तादिनसम्म सञ्चालन हुने एक्स्पोमा ३६१ स्टल रहेका छन् ।

