काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्ने बताएका छन ।
बिहीवार राजधानीमा आयोजित फिन इलेक्ट्रो टेक– २०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताएका हुन् ।
उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए ।
“विद्युत् बेच्नु पर्दैन, अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ”, उनले भने ।

