माओवादी नेता तथा प्रदेश १ का मुख्यमन्त्री आकांक्षी इन्द्र आङ्बोद्वारा सात प्राथमिकता सार्वजनिक

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा मुख्यमन्त्रीका आकांक्षी इन्द्रबहादुर आङ्बोले आगामी ५ वर्षका लागि प्रदेश १ का सात प्राथमिकता सार्वजनिक गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्ना प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन् । विगत ५ वर्षको प्रदेश सरकार र प्रदेशसभामा रहँदा प्राप्त ज्ञान, अनुभव र यसपालि निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको प्राथमिकता निर्धारण गरेको उनले बताएका छन् ।

उनले सार्वजनिक गरेको प्राथमिकता जस्ताको तस्तै

विगत ५ वर्षको प्रदेश सरकार र प्रदेश सभामा रहँदा प्राप्त ज्ञान, अनुभव र यसपाली निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको मेरो सार्वजनिक जीवनको कार्यकालमा मुख्यतः निम्न विषयहरूमा ध्यान केन्द्रित र पैरवी गर्ने निष्कर्ष निकालेको छु…

१. सामुदायिक शिक्षामा व्यापक सुधार, शैक्षिक पूर्वाधारको विकास, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड।

२. सरकारी अस्पतालहरुको पूर्वाधार र सेवामा गुणात्मक सुधार, निःशुल्क आधारभुत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच…

३. वितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवा केन्द्रित पूर्वाधार निर्माणमा जोड।

४. उत्पादन (कृषि, उद्योग, निर्माण, वन, पर्यटन लगायत)मा जोड र व्यापक रोजगारी सिर्जना ।

६. सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती नोकरशाहीपन र औपचारिकतावाद जस्ता प्रवृत्तिको अन्त्य र सार्वजनिक सेवामा व्यापक सुधार ।

७. भ्रष्टाचार शून्य सहनसिलताको नीति र सुशासनको प्रत्याभूति।

तपाईंहरुको निरन्तर रचनात्मक राय र सुझावको अपेक्षासहित धन्यवाद !

बुधबार, २१ मंसिर, २०७९, बिहानको १०:५५ बजे

प्रतिक्रिया

  1. माननीय मन्त्री कमरेडका सात घोषणामा निकै आसा पलाएको छ । जनभावना अनुसारको काम गर्न थुप्रै बाँकी छ चाँढै कामको थालनी गर्नु होला । पाँचथर वासीको पूर्ण सहयोग रहने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर