विराटनगर । मोरङ क्षेत्र नं. ५(२) प्रदेशसभामा प्रदेश सरकारका बहालवाला स्वास्थ्यमन्त्री जयराम यादवलाई भारी मतान्तरले पराजित गर्दै नेपाली काँग्रेसका अमृतकुमार अर्याल निर्वाचित भएका छन् ।
अर्यालले १६१०२ मत प्राप्त गरि जनता समाजवादी पार्टीका यादवलाई पराजित गरेका हुन् । यादवले १०८२५ मत प्राप्त गरे । अर्याल सत्ता गठबन्धनको समर्थनमा र यादव एमालेको समर्थनमा उम्मेदवार बनेका थिए । २०७४ को निर्वाचनमा बाम गठबन्धन र काँग्रेसलाई पराजित गर्दै यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।