लोड हुँदैछ...

मेनु

केन्द्रीय सल्लाहकार समिति सदस्य यादवले छोडे एमाले

केन्द्रीय  सल्लाहकार समिति सदस्य यादवले छोडे एमाले

विराटनगर । नेकपा एमालेको केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। पार्टी परितयागको घोषणा गरेका यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका गरेका छन ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका थिए । तर यादवले एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन अगाडी मात्रै धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए।

आफूले सो क्षेत्रमा टिकेट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेको उनि निकट स्रोतले जनाएको छ ।

एमालेलाई धनुषा २ मा मजबुत बनाउनका उनको महत्वपूर्ण योगदान रहँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।