माओवादी धनकुटाका सबै पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

यस्तै धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता तथा जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

शनिवार बसेको समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । राजीनामा दिदैं हेमराज भण्डारीको स्वतन्त्र अभियानलाई सघाउने निर्णय गरेको थियो ।
आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको समन्वय समितिका संयोजक डिल्ली राम राई (कमल) ले जानकारी दिए । उनले भण्डारीको स्वतन्त्र अभियानलाई सघाउने निर्णय गरेको बताए ।

काँग्रेसबाट सुनिल थापा उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । उनी पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

माओवादी केन्द्रका जिल्ला नेताहरूले लामो समयदेखि धनकुटा नछाड्न केन्द्रलाई दबाब दिँदै आएका थिए ।

आइतबार, ०९ असोज, २०७९, दिउँसोको ०२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर