नवनियुक्त मुख्य न्यायधिवक्ता राईले लिए शपथ

विराटनगर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता परिवर्तन राई नियुक्त भएका छन् । भोजराज श्रेष्ठले राजीनामा दिएपछि राईलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रीपरिषद्ले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्ता अधिवक्ता श्रेष्ठलाई नियुक्त गरेको थियो । नवनियुक्त मुख्य न्यायाधिवक्ता परिवर्तन राईले शपथ ग्रहण समेत गरेका छन् । राईलाई उच्च अदालत विराटनगरका कायम मुकायम न्यायाधीश सत्यमोहन जोशीले शपथ गराएका छन् ।

राई प्रदेश १ सरकारले नियुक्ति गरेका मुख्य महान्यायाधिवक्ता तेस्रो हुन । तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले २०७४ चैतमा अधिवक्ता चुँडामणि आचार्यलाई नियुक्त गरेको थियो ।राजेन्द्र राई नेतृत्वको सरकारले भने भने दुई जना मुख्य न्यायाधिवक्ता फेरेको छ । मुख्यमन्त्री राईले यसअघि श्रेष्ठलाई नियुक्त गरेका थिए ।

आइतबार, ०९ असोज, २०७९, दिउँसोको ०१:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर