राष्ट्रपति भण्डारीविरुद्धको पाँच मुद्दाको सुनुवाइ आज

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि सर्वोच्चमा दायर पाँचवटा मुद्दाको सुनुवाइ आज हुने भएको छ।

अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सारिएको थियो। शुक्रबार पाँचवटै मुद्दाको पेशी न्यायधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरु सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ। साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ।

आइतबार, ०९ असोज, २०७९, बिहानको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर